पत्रकार हत्या विरुद्ध रामेछापमा पनि विराेध सभा
रामेछाप – एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजककाे राजावादी आन्दोलनकारीहरुले लगाएको आगाेमा परि मृत्यु भएपछि त्यसको बिरोधमा नेपाल पत्रकार महासंघले देशभर विराेध सभा गरेकाे छ ।
आन्दोलनकारीले पत्रकारलाई जिउँदै जलाएकाे र बिभिन्न मिडिया हाउसहरुमा आक्रमण गरेकाे भन्दै महासंघले आज देशभर विरोध सभा गरेकाे हाे ।
आन्दोलनमा परि पत्रकार रजककाे ज्यान गएपछि महासंघले स्थापना दिवसका अवसरमा तय गरेका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेकाे छ । नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो ।
शुक्रवार काठमाडौँको तीनकुने स्थित राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि महासंघले विरोधका कार्यक्रम गरेकाे हाे । महासघंको केन्द्रिय समितिकाे जारि गरेकाे सुचनाकाे अनुसार रामेछापमा पनि बिरोध कार्यक्रम गरिएको छ ।
महासंघले पत्रकार र मिडिया हाउसकाे रक्षा गर्न, प्रेस स्वतन्त्राकाे ग्यारेन्टी गर्न ,प्रेस माथिकाे आक्रमण बन्द गर्न माग गर्दै विराेध सभा गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस