रामेछापमा अनुपम अभियान
रामेछाप – अन्तर – पुस्ता महिलावादी मंच (आईजीएफएफ) काे देशव्यापी महिलावादी अनुपम अभियान रामेछाप सुरु भएकाे छ । शनिबार रामेछाप सदरमुकाम मन्थली बजारमा कार्यक्रम गर्दै अभियान सुरु गरेकाे हाे ।
न्यायीक र समतामूलक समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले आईजीएफएफले देशभर ८४ मा महिला हुनुपर्छ पहिला भन्ने मुलनारा सहित अभियान संचालन गरिरहेकाे छ । र्यालिमा समानता ,सशक्त ,महिलालाई नेतृत्व ,जानेबेला भाे अब डटेर ,पाइदैन हक पछाडि हटेर,वरिपरि हाेस अब छिटाे , नारी पुरुष दुबेैकाे अस्तित्व लगाएतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएकाे थियाे ।यस अभियान अन्तर्गत शनिबार मन्थलीमा आयाेजना गरिएकाे विभिन्न नारा सहितकाे र्यालीले मन्थली बजार परिक्रमा गरि देबकाेटा चाेकमा काेण सभा गरेकाे हाे ।
काेण सभालाई सम्बाेधन गर्दै रामेछाप नगरपालिकाकि निवर्तमान उपप्रमुख सिर्जना खड्काले नारीहरु आफ्नाे अधिकारका लागि आफै लड्नुपर्ने बताईन् । उनले आफ्नाे अधिकारकाे उपभाेग गर्न आफै सक्षम सवल र सशक्त हुनुपर्ने बताईन् । देशभर संचालन भइरहेको अनुपम अभियानले महिला नेतृत्वका लागि उर्जा बन्न सकाेस भन्ने शुभकामना व्यक्त गरिन् ।
अनुपम अभियानकी रामेछाप जिल्ला संयाेजक अन्जला श्रेष्ठले अभियान संचालनकाे उद्देश्य र अभियानले गर्ने गतिविधिका विषयमा जानकारी दिएकी थिईन । आईजीएफएफ रामेछापको अध्यक्ष मञ्जु माझिकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा रामेछापका विभिन्न राजनितीक दलका महिला नेता,विभिन्न संघसंस्थामा आवद्ध महिला, व्यवसायी महिला र सर्वसाधारण महिलाहरुकाे सहभागीता रहेकाे थियाे ।
याे अभियान ८४ काे स्थानीय तथा सांसदकाे निर्वाचन सम्म संचालन हुने र यस अभियानमा संलग्न महिला निर्वाचनमा भाग लिएमा अभियानले सहयाेग गर्ने अभियानकी जिल्ला संयाेजक श्रेष्ठले जानकारी दिईन।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस