प्रथम नेविसंघ कप भाेलीदेखि रामेछापमा हुँदै
रामेछाप – नेपाल विद्यार्थी संघ रामेछापकाे आयाेजनामा प्रथम नेविसंघ कम भाेलिदेखि मन्थलीमा संचालन हुने भएकाे छ । नेविसंघ कप अनतर्गत बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियाेगिता मन्थलीमा हुने भएकाे हाे ।
उक्त प्रतियोगितामा प्रदेश भित्रका सबै जिल्लाले भाग लिन पाउने छन् । एक जिल्लाबाट एक समूहले मात्र भाग लिन सक्नेछन् । भने भाग लिने जिल्लाकाे खेलाडी साेही जिल्लाकाे नै हुनुपर्ने नेविसंघ रामेछापका अध्यक्ष विनाेद बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख , दाेस्राे हुने समुहलाई १ लाख ५० हजार, तेस्राे हुनेलाई १ लाख नगद सहित सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । त्यस्तै सान्त्वना हुने समुहलाई नगद ५० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताए ।
त्यस्तै कार्यक्रममा विभिन्न विद्यालयहरुबाट स्काउट मार्चमासकाे कार्यक्रम समेत रहेकाे छ। मार्चमासमा प्रथम हुनेलाई १० हजार , दितिय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने छ भने मार्चपासमा सहभागी हुने समुहलाई ३ – ३ हजार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुनका लागि शनिबार दिउसाे सम्ममा ९ वटा समुह सम्पर्कमा आएकाे छ । प्रतियोगिता असाेज २८,२९ र ३० गते जिल्ला समन्वय समितिसँगैकाे खेल मैदानमा हुनेछ । उक्त खेलकाे उत्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बाहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेकाे नेविसंघ रामेछाप अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस