बाँकेमा निशेधाज्ञा जारी
बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै बिहानदेखि कर्फ्यु हटाएरकाे र निषेधाज्ञा जारी गरिएको जानकारी दिएकाे छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले
आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको र बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने बताएका छन् ।
निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न नपाइने जनाएको छ । त्यसैगरी निशेधाज्ञाकाे समयमा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सुचनामा उल्लेख गरिएकाे छ ।
जिल्लाकाे समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण गर्न , सामाजिक सद्भाव कायम राख्न र मानव अधिकारको रक्षा तथा सम्मान गर्न सबैलाई जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस