शान्तिदिपमा उदाश
रामेछाप – शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदास निर्विरोध निर्वाचित भएका छन् । शनिबार मन्थलीमा सम्पन्न क्लबको आठौ अधिवेशनले उदास लगाएतका पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन गरेको हो ।
क्लबको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा क्रमश: श्यामकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, राजु थापामगर र सम्शेर थापा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा कल्पना थापामगर, अनिता थापामगर, पुश्पा श्रेष्ठ, सरिता चौलागाई, राजेश श्रेष्ठ र पर्वत विक निर्विरोध चयन भएको क्लबले जनाएको छ ।
क्लबका निवर्तमान अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त अधिवेशनमा क्लबका पूर्व अध्यक्ष ढाकलवहादुर थापा, रमेश उदास लगाएतले क्लबले सामाजिक कार्यहरु मार्फत समाजमा योगदानको पुर्याउन सफल भएको चर्चा गरेका थिए ।
क्लवले विगतमा मन्थली वजारको फोहोर मैलाको व्यवस्थापन, हरियाली क्षेत्र, विभिन्न विषयका सडक नाटक, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस