नेपाल जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछापका कार्की विजयी
रामेछाप – नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछापका जीवन कार्की विजयी भएका छन् । पाैष ७ गतेदेखि १० गते सम्म बिरगंजमा संचालन भएकाे नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कार्की विजयी भएका हुन् ।
महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा बिकास मानन्धर विजयी भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा रजनी थापा, कुमारसिंह सावा र रश्मि बस्नेत विजयी भएका छन् । कार्यकारिणी ४ जनाका लागि ९ जना बिच प्रतिस्पर्धा भएकाे थियाे ।
कार्कीे रामेछाप जेसिज वर्ष २०२१ का अध्यक्ष हुन भने भने नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष रहेका हुन ।
त्यस्तै राष्ट्रिय उपाध्यक्षमा राधिका भुसाल, राजाराम गौतम, अनुप सुनुवार, भीम कुनुवार, स्वस्तिका आचार्य (सिटौला), तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, सोनी श्रेष्ठ, सरोज अधिकारी, गौरव पौडेल, चन्द्र मुनी भुसाल र वीर बहादुर मेगा विजयी भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस