करेन्ट लागेर माझीको मृत्यु
रामेछाप -रामेछाप सदरमुकाम मन्थली ७ भटाैलीमा करेन्ट लागेर बिजुली माझिकाे मृत्यु भएकाे छ । अाईतबार दिउसाे गाइबस्तु चराउन जादा भुईमा लत्रिरहेकाे बिजुलीकाे नांगाे तारमा परि करेन्ट लागेर ५५ वर्षिया माझीकाे मृत्यु भएकाे हाे ।
अाफ्नाे पाखाे जग्गामा गाइबस्तु चराउन गएका बेला भुइमा तत्रिरहेकाे बिजुलीको नांगो तारमा पर्दा ठेडीगाेला निवासी ५५ वर्षिय बिजुली माझीकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
बिद्युत प्राधिकरणले मृतकको परिवारलाई नियमानुसार तत्काल कृया खर्च बापत २५ हजार र ५ लाख रुपैया क्षतिपूर्ति बापत उपलब्ध गराउने सहमति भएकाे छ । त्यस्तै प्राधिकरणले मृततकाे परिवारलाई रोजगारी र छाेरा छाेरीकाे शिक्षा दीक्षा समेतकाे व्यवस्था मिलाउने सहमति भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु ढकालले जानकारी दिएका छन् ।
माझीकाे परिवारमा १ श्रीमती, २३ बर्षिय १ छोरी र १० बर्षिय १ छोरा रहेका छन् ।
बिद्युत प्राधिकरणको चरम लापर्वाहिका कारण अप्रिय घटना घट्न पुगेकाे भन्दै स्थानियले विराेध जनाएका थिए । स्थानीयले बिद्युत प्राधिकरण वितरण केन्द्र मन्थलीलाइ पटक – पटक जानकारी गराउदा समेत प्राधिकरणले वेवास्था गरेकाे कारण यस्ताे घटना बेहोर्नु परेकाे स्थानियले अाराेप लगाएकाे छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस