दाईजोमा माेटरसाइकल माग्दा बेहुला प्रहरी खाेरमा
झापा- झापाकाे मेचिनगर नगरपालीका १५ मा विवाह गर्ने क्रममा बेहुलाले दाइजाेमा माेटरसाइकल मागेपछि बेहुला प्रहरी खाेरमा पुगेकाे छ । शुक्रबार विवाह गर्ने क्रममा दाइजाेमा माेटरसाइकल नदिएकाे विषयमा विवाद भएपछि बेहुलालाइ प्रहरीले प्रक्राउ गरेकाे हाे ।
झापाकाे मेचिनगर नगरपालिका १५ का पुष्पलाल राजबंशिकी छाेरी र झापा गाउँपालिका ४ का विशेश्वर चाैधरीका छाेरा २८ बर्षिय डेविट चाैधरी बीच विवाह हुने क्रममा बेहुला चाैधरीले दाइजाेमा माेटरसाइकल मागेपछि विवाद भएकाे थियाे । विवादलाई लिएर बेहुलीकाे बुबा पुष्पलाल राजबंशिले इलाका प्रहरी कार्यालय धुलाबारीमा विवाहमा लेनदेन गर्न नहुने सम्बन्धि कसुर अन्तर्गत बेहुला डेविट चाैधरीलाइ विपक्षी बनाइ उजुरी दिएपछि बेहुला चाैधरीलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस