दाईजोमा माेटरसाइकल माग्दा बेहुला प्रहरी खाेरमा
झापा- झापाकाे मेचिनगर नगरपालीका १५ मा विवाह गर्ने क्रममा बेहुलाले दाइजाेमा माेटरसाइकल मागेपछि बेहुला प्रहरी खाेरमा पुगेकाे छ । शुक्रबार विवाह गर्ने क्रममा दाइजाेमा माेटरसाइकल नदिएकाे विषयमा विवाद भएपछि बेहुलालाइ प्रहरीले प्रक्राउ गरेकाे हाे ।
झापाकाे मेचिनगर नगरपालिका १५ का पुष्पलाल राजबंशिकी छाेरी र झापा गाउँपालिका ४ का विशेश्वर चाैधरीका छाेरा २८ बर्षिय डेविट चाैधरी बीच विवाह हुने क्रममा बेहुला चाैधरीले दाइजाेमा माेटरसाइकल मागेपछि विवाद भएकाे थियाे । विवादलाई लिएर बेहुलीकाे बुबा पुष्पलाल राजबंशिले इलाका प्रहरी कार्यालय धुलाबारीमा विवाहमा लेनदेन गर्न नहुने सम्बन्धि कसुर अन्तर्गत बेहुला डेविट चाैधरीलाइ विपक्षी बनाइ उजुरी दिएपछि बेहुला चाैधरीलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस