राति ८ बजे पछि देउसी भैलाे खेल्न नपाईने
जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार एक सुचना जारी गर्दै राति ८ बजे पछि देउसी भैलाे कार्यक्रम नगर्न अाग्रह गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालयले सुचना मार्फत विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नियन्त्रण भइ नसकेकाले संक्रमण बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाएर मात्र रातिकाे ८ बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेकाे छ ।
त्यसैगरि पटका, भुइचम्पा, आतिशवाजी लगाएतका विस्फोटकजन्य बस्तुहरुको उत्पादन ओसार पोसार गर्ने बिक्रि गर्ने वा प्रयोग गर्ने काम समेत नगर्न सुचनामा भनिएको छ । मनोरञ्जन गर्ने उदेश्यले मदिरा सेवन गर्ने जुवातास खेल्ने जस्ता कार्य गर्ने वा गराएको पाए कानुन अनुसार कार्वाही गर्ने सुचना मार्फत जिल्ला प्रशासनले जानकारी गराएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति

















प्रतिक्रिया दिनुहोस