बर्षासँगै जाेखिम बढेपछि जिल्ला प्रशासनद्वारा सतर्कता अपनाउन अनुराेध
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर दिउसो देखि भइरहेको भारी बर्षाका कारण नदि तथा खाेला किनास आसपास जाेखिम बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुराेध गरेकाे छ । बिहीबार दिउसाे देखि परेकाे बर्षाले बाढी परिहाेका जाेखिम बढेकाले सतर्कता अपनाउन अनुराेध गरेकाे हाे ।
त्यसैगरी चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसबेला सुनकोशी नदीमा समेत बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको हो ।
प्रशासन कार्यालयबाट जारी सुचनामा सुनकोशी नदिमा बाढी आउदा रामेछापको सुनापति र खाँडादेवि गाउँपमलिका ,मन्थली र रामेछाप नगरपालिकाको नदि किनारमा रहेका बस्तीहरुमा जोखिम हुनसक्ने सम्भावना रहेकाे हुदा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस