बर्षासँगै जाेखिम बढेपछि जिल्ला प्रशासनद्वारा सतर्कता अपनाउन अनुराेध
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर दिउसो देखि भइरहेको भारी बर्षाका कारण नदि तथा खाेला किनास आसपास जाेखिम बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुराेध गरेकाे छ । बिहीबार दिउसाे देखि परेकाे बर्षाले बाढी परिहाेका जाेखिम बढेकाले सतर्कता अपनाउन अनुराेध गरेकाे हाे ।
त्यसैगरी चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसबेला सुनकोशी नदीमा समेत बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको हो ।
प्रशासन कार्यालयबाट जारी सुचनामा सुनकोशी नदिमा बाढी आउदा रामेछापको सुनापति र खाँडादेवि गाउँपमलिका ,मन्थली र रामेछाप नगरपालिकाको नदि किनारमा रहेका बस्तीहरुमा जोखिम हुनसक्ने सम्भावना रहेकाे हुदा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस