दाेरम्बाबाट शव लिएर काठमाडौ जाँदै गरेकाे एम्बुलेन्स सित्खामा दुर्घटना ३ घाईते
रामेछाप – दाेरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेकाे एम्बुलेन्स खाडादेवी ३ सित्खामा दुर्घटना भएकाे छ ।
बिहीबार बिहान १०:४० बजेकाे समयमा दाेरम्बाबाट शव लिएर काठमाडौं तरेफ जाँदै गरेकाे प्र ३- ०१-००२ झ ५८०३ नम्बरको एम्वुलेन्स खाँडादेवी ३ चारघरे स्थित सित्खा गोगनपानीकाे भित्री सडक खण्डकाे ओरालोमा सडकबाट अं. १०० मिटर तल झरी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ । उक्त एम्वुलेन्समा सवार ४ जना मध्य ३ जना घाईते भएका छन् ।
घाइतेहुनेहरुमा एम्बुलेन्स चालक दोरम्वाशैलुङ्ग ३ बस्ने बर्ष २४ को सुरेश मगर ,दाेरम्बाशैलुङ्ग २ बस्ने बर्ष ४१ को नारायण बहादुर नेपाली र साही वडाका बर्ष ५३ को दिल बहादुर दमाई रहेका छन् । घाइतेहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल तर्फ पठाइकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त एम्बुलेन्स र शव घटना स्थलमा नै रहेकाे र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक काैसल न्याैपानेले जानकारी दिए ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस