प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल

रामेछाप – नेपाल प्रेस युनियनका महासचिव दिलिप पाैडेलले प्रसंसाकारीताले पत्रकारिता नचल्ने बताएका छन् । शनिबार प्रेस युनियन रामेछापको साधारणसभामा बाेल्दै महासचिव पाैडेलले यस्ताे बताएका हुन ।
नेपाल प्रेस युनियन रामेछापको नवाैं साधारणसभालाई सम्बाेधन गर्दै युनियनका महासचिव पाैडेलले पछिल्लो समय पत्रकारहरु प्रसंसाकारितामा लागेकाे आराेप लगाएका छन् । उनले पत्रकारहरु खाेज पत्रकारिता भन्दा प्रसंसाकारिता तिर लम्केकाले पत्रकारिता क्षेत्रमा विकृति भित्रिएकाे दाबि गरे । पत्रकारहरु कुनै दाइ वा, भाइ रिसाउला , ऊ नेता वा अर्काे नेता रिसाउला भन्दै पत्रकारिता छाडेर प्रसंसाकारितामा लागेकाे भन्दै पत्रकारहरुलाई यसरी प्रसंंसाकारिता नलाग्न आग्रह गरेका छन् ।
महासचिव पाैडेलले भने “अधिकांश पत्रकारहरु समाचार लेख्न छाडे ,खाेज ,अनुसन्धान र अध्ययन गर्न छाडे त्यसकारण सामाजिक संजालमा अफवाह फैलाउनेहरुकाे हाबी हुँदै गयाे र पत्रकारीता प्रति समाजमा नकारात्मक भाष्य सिर्जना हुन पुग्याे । “
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस