छत्तिउन खाेलामा बेवारिसे शव फेला
रामेछाप – लिखुतामाकाेशी गाउँपालिका ६ र गाेकुलगंगा गाउँपालिका ६ काे सिमाना हुँदै बग्ने छत्तिउन खाेला किनारमा एक महिलाको बेवारिसे शव फेला परेकाे छ । शुक्रबार साँझ बेवारिसे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
छत्तिउन खोलाको माथिल्लो छाँगो नजिकै पानीको सतहमा रातो चोलो ,निलोमा सेतो धर्का भएको गन्जी लगाएको मङ्गोलियन मुलको जस्तो देखिने अन्दाजी ४५/५० वर्ष उमेरकाे देखिने महिलाको शव सडिगली घोप्टो अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरक्षक काैशल न्याैपानेले जानकारी दिए ।
स्थानियले जानकारी दिएपछि प्रहरीले शवकाे मुचुल्का गरि मन्थली अस्पतालकाे शव गृहमा राखेकाे छ । उक्त शवका आफन्तकाे खाेजी भइरहेकाे र घटनाका विषयमा आवस्यक अनुसन्धान गरिरहेकाे सुचना अधिकारी प्रहरी निरक्षक न्याैपानेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस