महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
रामेछाप – ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा विविध कार्यक्रम गरि मनाइएकाे छ । शनिबार मन्थली नगरपालिकाको सहयोगमा क्रियाशील पत्रकार महिला रामेछापले मन्थलीमा सद्भाव र्याली र महिला सशक्तीकरण सम्बन्धी लोक गीत प्रतियोगिताकाे आयाेजना गरेकाे छ ।
दिवसका अवसरमा मन्थलीको मदन आश्रित चोकबाट विपिचोक, देवकोटा चोक, कटहरबोट हुँदै मन्थली नगरपालिकासम्म सद्भाव र्यालीको गरिएको थियो ।
त्यसपछि मन्थली नगरपालिकाको हलमा महिला सशक्तीकरण सम्बन्धी लोक गीत प्रतियोगिता गरिएको थियो ।
क्रियाशील पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा विभिन्न पाँच वटा महिला समुहले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा मन्थली नगरपालिका–२ का सहभागी रुक्मणी अधिकारी र ऋचा अधिकारीको समूह प्रथम, महिला उद्यमी संस्थाबाट सरस्वती कार्की, मेनुका महत, डम्बर कुमारी भण्डारी र सावित्रा घिमिरेको समूह द्धितीय र महिला सञ्जाल नेपालबाट सहभागि अञ्जला श्रेष्ठ तृतीय हुभएकी थिइन् । त्यसै गरी सृजनशील लघु उद्यमी समूहबाट देवकी भुजेल र सङ्गीता माझीको समुह र मन्थली नगरपालिका ७ का समूह सोमा माझी र सुभद्रा माझी सान्त्वना भएका छन् ।
प्रतियोगितामा पहिलो हुनेले नगद ५ हजार, द्वितीय हुने समुहले ३ हजार, तृतीय हुने समुहले २ हजार र सान्त्वना हुनेले एक – एक हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त प्रदान गरेकाे आयोजक क्रियाशील पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिईन् ।
महिला दिवसको अवसरमा बोल्ने बक्ताहरुले महिलाका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको सम्मान गर्दै, महिला समानता र अधिकारको मुद्दा अझै जिवित राख्नका लागि विश्वभरका महिलाहरू एकजुट भएर समान अधिकार र अवसरका लागि आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस