मन्थलीका माझी समुदायले गरे लदी पुजा
रामेछाप – रामेछापकाे सदरमुकाम मन्थलीमा माझी समुदायले लदी (कोशी) पूजा गरेका छन् । मंगलबार माझी समुदायले विभिन्न कार्यक्रमकाे आयाेजना गरि लदी पूजा गरेकाे हुन् ।
माझी समुदायको महान पर्व मानिने लदि पुजाका अवसरमा मन्थलीका माझी समुदायले तामाकोशी किनारमा पूजा गरेका हुन । माझी समुदायको पहिचानसँग सम्बन्धित उक्त पुजाका अवसरमा नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता समेत गरेका थिए ।
परापुर्वककालमा माझिहरुले नदिहरु डुङ्गा मार्फत तर्ने , तराउने र माछा मार्ने पेसा गर्ने भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध भएकाे बताइन्छ लदि पुजा नदि किनारमा गर्ने गरिन्छ ।
परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती रहेकाे छ । यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ।
कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ। मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बूढापाकाहरु बताउँछन् ।
यसपर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस