रामेछापमा कर सचेतना कार्यक्रम
रामेछाप- रामेछाप बजारका उद्यमी महिला ,संघसस्था , सहकारी ,फर्म तथा सप्लायर्सका संचालकहरुका लागि १ दिने कर सचेतना सम्बन्धि अभिमुखिकरण गरिएकाे छ ।
करदाता सेवा कार्यालय रामेछापसँगकाे समन्वय तथा समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लि.काे सहयाेगमा शुक्रबार विजनेश एण्ड प्राेफेशनल वमेन (आरबिपिडब्लु)रामेछापले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कर सम्बन्धि आवस्यक जानकारी दिने र कर प्रणाली बुझेर समयमै आफ्नाे व्यवसायकाे कर आफै तिर्न सक्ने बनाउने उद्देश्यले रामेछाप बजारका उद्यमी महिला ,संघसस्था , सहकारी ,फर्म तथा सप्लायर्सहरुका संचालकहरुलाई १ दिने कर सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रमकाे संचालन गरिएकाे हाे । उक्त कार्यक्रममा करकाे महत्त्व ,करकाे प्रकार ,कर तिर्ने तरिका तथा कर प्रणालीमा समावेश हुने प्रकृया लगाएतका बिषयमा कर दाता सेवा कार्यालय रामेछाकी कर अधिकृत प्रतिमा घिमिरे जानकारी दिएकी थिइन ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रमबाट कर सम्बन्धि आवस्यक जानकारी पाएकाेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा भने आफ्नाे फर्म तथा व्यवसायकाे कर आफै तिर्न सक्ने भएकाे बताए ।
यसअघि कर सम्बन्धि जानकारी नहुदा पाएकाे दु:ख सुनाउदै उनिहरुले कर तिर्न बिचाैलियाकाे भर पर्न बाध्य भएकाे सुनाए ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस