रामेछापमा कर सचेतना कार्यक्रम
रामेछाप- रामेछाप बजारका उद्यमी महिला ,संघसस्था , सहकारी ,फर्म तथा सप्लायर्सका संचालकहरुका लागि १ दिने कर सचेतना सम्बन्धि अभिमुखिकरण गरिएकाे छ ।
करदाता सेवा कार्यालय रामेछापसँगकाे समन्वय तथा समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लि.काे सहयाेगमा शुक्रबार विजनेश एण्ड प्राेफेशनल वमेन (आरबिपिडब्लु)रामेछापले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कर सम्बन्धि आवस्यक जानकारी दिने र कर प्रणाली बुझेर समयमै आफ्नाे व्यवसायकाे कर आफै तिर्न सक्ने बनाउने उद्देश्यले रामेछाप बजारका उद्यमी महिला ,संघसस्था , सहकारी ,फर्म तथा सप्लायर्सहरुका संचालकहरुलाई १ दिने कर सचेतना सम्बन्धि अभिमुखिकरण कार्यक्रमकाे संचालन गरिएकाे हाे । उक्त कार्यक्रममा करकाे महत्त्व ,करकाे प्रकार ,कर तिर्ने तरिका तथा कर प्रणालीमा समावेश हुने प्रकृया लगाएतका बिषयमा कर दाता सेवा कार्यालय रामेछाकी कर अधिकृत प्रतिमा घिमिरे जानकारी दिएकी थिइन ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रमबाट कर सम्बन्धि आवस्यक जानकारी पाएकाेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा भने आफ्नाे फर्म तथा व्यवसायकाे कर आफै तिर्न सक्ने भएकाे बताए ।
यसअघि कर सम्बन्धि जानकारी नहुदा पाएकाे दु:ख सुनाउदै उनिहरुले कर तिर्न बिचाैलियाकाे भर पर्न बाध्य भएकाे सुनाए ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस