• काेसिस न्यूज
  • रामेछापकी तारादेवि हातैले बिस्कुट बनाउछिन्


    ज्ञानु श्रेष्ठ,रामेछाप – रामेछापकी तारादेवी हातैले बिस्कुट बनाउछिन् उनले याे व्यवसाय सुरु गरेकाे झण्डै ३ वर्ष पुग्न लाग्याे ।

    रामेछाप नगरपालिका ८ लामागाउँमा जन्मिएकी तारादेवीकाे ४ जनाकाे परिवार परिवार छ । उनलाई कुनै समय पैसाकाे अत्यन्त आवश्यकता परेको बेला आफन्त र साथिभाईले सापटी नदिए पछि पैसा जसरी पनि आफैले कमाउनु पर्ने रैछ भन्ने लाग्याे । त्यसपछि उनले बिस्कुट बनाएर बेच्ने पेशा सुरु गरिन । उनले हाल रामेछाप बजारमा ताम्राकार बेकरी उद्योग संचालन गरेकी छिन् ।

    उनको श्रीमान पहिलेदेखी नै विष्कुट कारखानामा काम गर्ने भएकाले उनलाई पनि बिस्कुट नै बनाउने पेशा गर्न मन लाग्याे । उनी भन्छिन् त्यस कारण पनि “मलाई श्रीमानको पुर्ण साथ र सहयोग छ “। पैशाका अभावले छटपटीएकाे बेला श्रीमानकाे साथ पाएपछि विष्कुट उद्योग संचालन गर्ने निर्णय गर्न पुगिन । यसरी उनले सुरु गरेकाे सो उद्योगबाट उनले प्रशस्त आमदानी गरिरहकअं छिन । त्यसपछि उनलाई पैसाको कमी महशुस नभएकाे बताउछिन् ।

    आफ्नो घर नजिकै भएकाले उनलाई काम गर्न पनि सहज भएको छ । १ लाख रुपैया बाट सुरु गरेको उक्त बिस्कुट उद्योगमा अहिले ३ जनालाई रोजगारी समेत दिएकी छिन्
    । आफ्नो जीवन चलाउन कुनै बेला पैसाको भिक माग्दै हिड्ने तारादेवीले अहिले मासिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । श्रीमानको सिकेकाे सिपका कारण आफुलाई पनि सिक्न र व्यवसाय गर्न सहज भएकाे भन्दै उनी त्यही सिपका कारण आफ्नो जीवन नै परिवर्तन भएकाेमम निकै खुशी छिन ।

    मान्छे ठुलो कामबाट भन्दा पनि आफुले जानेकाे सीप र मेहनतमा अडिक हुन सक्नुपर्ने उनी बताउँछिन् । तारादेवी दिनभरी आफ्नो श्रीमानसंगै काम गर्छिन र साँझसंगै घर फर्किन्छीन् । उनको सानो एक छोरा र एक छोरी छन् । दुई सन्तानलाई साथमा लिएर आफ्नो काममा जान्छिन् । आफुले दु:ख गरेर केही गर्छु भनेर अगाडि बढ्दै गर्दा कसैले राम्रो भन्छन् त कसैले नराम्रो भन्छन् । तर उनी त्यस्ता कुरालाई वास्ता नै नगरि निरन्तर आफनो कर्ममा लागेको बताउछिन् ।

    उनी भन्छिन् ‘विदेश जाने धेरै महिलाहरु पनि छन् । तर विदेश गएर अरुको गाली खाएर मरुभुमिमा पसिना बगाएर कमाएको धन भन्दा आफ्नै भुमीमा पसिना बगाएर कमाएको धन प्यारो लाग्छ । यो काम गरेर उनलाई नराम्रो लाग्ने भन्दा पनि गर्व लागेकाे छ । “म महिला भएर पनि नेपालमै बसेर यस्तो काम गर्नु खुसिको कुरा हो’” उनि भन्छिन् । यो काम बाट धेरै सन्तुष्ट छु । रामेछापमा मात्रै उत्पादन हुने यो विष्कुट अन्यत्र पनि कोसेलीको रुपमा धेरै बिक्ने भएकाले बजारको समस्या भने छैन । बरु माग बमोजिम उत्पादन गर्न भने नसकेकाे उनि सुनाछिन।

    यो विष्कुट कुनैपनि मेसिनकाे प्रयाेग बिना हातले तयार पारेर आगोको रापमा पोलेर तयार गरिने हुँनाले निकै स्वादिष्ट छ । याे बिस्कुटलाई आम नागरिकले जेष्ठनागरिक देखि बालबालिका सम्म सबै पुस्ताहरुकाे राेजाइमा पर्ने गरेकाे छ ।रामेछापका हरेक मानिसले चियाको चुस्किमा बिहान होस् या बेलुका यहि विष्कुटलाई मन पराउछन् । उनी भन्छिन् ,”बजारमा ताम्राकार विष्कुटको माग धेरै हुँदा खुसि लाग्छ।” चार्डपर्वको बेलामा कोशेलीको रुपमा विष्कुट धेरै जाने भएकाले ४ जनाले काम गर्दा पनि माग पूरा गर्न मुस्किल हुने गर्छ ।

    आफ्नै मेहनत र सिपले रामेछापकाे काेसेलीकाे रुपमा स्थापित हुने गरि उद्योग संचालन गरिएकी छिन् । यो विष्कुट एक प्याकेटको ९० रुपैयामा बिक्रि गर्छिन् भने बजारमा पुगेपछि १०० रुपैयामा बिक्रि हुन्छ । यसरी आफ्नै लगानीमा सानाे भएपनि उद्योग संचालन गरेर केहीलाई राेजगारी समेत दिन पाउँदा खुसी लागेकाे बताउँछिन् ।।उनी भन्छिन् , यसरी आफै केही गर्छु भनेर मेहनत गर्नेलाई सरकारले भने प्राेत्साहन दिन नसकेकाे गुनासाे गर्छिन ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस