एकसाता देखि हराएका तामाङ फर्पुमा मृत फेला
रामेछाप – मन्थली नगरपालिका २ कठजाेर पिप्लेका अन्दाजी ५० वर्षिय माेहन सिंह तामाङ आइतबार राति फर्पुमा मृत भेटिएका छन् । गाेकुलगंगा ६ फर्पुकाे थलाडाँडाकाे जंगलमा तामाङ मृत अवस्था भेटिएको हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापलेका अनुसार तामाङ
फर्पुकाे थलाडाँडाकाे जंगलकाे बाटाेबाट अन्दाजी ३०-३५ मिटर तल खसेकाे अवस्थामा मृत भेटिएका थिए । स्थानीयकाे सहयाेगमा उनकाे शव भेटिएकाे प्रहरीले जानकारी दिए ।
मृत भेटिएका तामाङ घरबाट माघ २७ गते फुलासी बिहेमा जान्छु भनेर हिडेका थिए । बिहेका लागि गएका उनी फागुन १ गते सम्म घर नफर्किए पछि घरपरिवारले प्रहरीमा खाेजि गरिदिन अनुराेध गरेका थिए । साेही अनुसार प्रहरीले खाेजी
गर्ने क्रममा स्थानियकाे सहयाेगमा तामाङकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप सिंहले जानकारी दिए ।
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस