एकसाता देखि हराएका तामाङ फर्पुमा मृत फेला
रामेछाप – मन्थली नगरपालिका २ कठजाेर पिप्लेका अन्दाजी ५० वर्षिय माेहन सिंह तामाङ आइतबार राति फर्पुमा मृत भेटिएका छन् । गाेकुलगंगा ६ फर्पुकाे थलाडाँडाकाे जंगलमा तामाङ मृत अवस्था भेटिएको हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापलेका अनुसार तामाङ
फर्पुकाे थलाडाँडाकाे जंगलकाे बाटाेबाट अन्दाजी ३०-३५ मिटर तल खसेकाे अवस्थामा मृत भेटिएका थिए । स्थानीयकाे सहयाेगमा उनकाे शव भेटिएकाे प्रहरीले जानकारी दिए ।
मृत भेटिएका तामाङ घरबाट माघ २७ गते फुलासी बिहेमा जान्छु भनेर हिडेका थिए । बिहेका लागि गएका उनी फागुन १ गते सम्म घर नफर्किए पछि घरपरिवारले प्रहरीमा खाेजि गरिदिन अनुराेध गरेका थिए । साेही अनुसार प्रहरीले खाेजी
गर्ने क्रममा स्थानियकाे सहयाेगमा तामाङकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप सिंहले जानकारी दिए ।
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस