हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
रामेछाप –सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) काे रामेछापमा जिल्ला शाखा गठन भएकाे छ । बुधबार पत्रकार हिमाल ढुङ्गेलकाे नेतृत्वमा जिल्ला समिति गठन भएकाे हाे ।
ढुंगेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बद्री नयाँघरे, सचिवमा रमेश ढुंगेल, सह -सचिवमा सुमित्रा लामा र कोषाध्यक्षमा ज्ञानु श्रेष्ठ चयन भएका छन्।
यसैगरी समितिका सदस्यहरुमा सुमित श्रेष्ठ ,युवराज श्रेष्ठ ,कैलाश खत्री,रिता मगर,शान्ता श्रेष्ठ ,रामचन्द्र विक, कल्याण बुढाथोकी ,हिरा बाेहाेरा,सम्वर बहादुर हायू ,सुमन खड्का र कुमार श्रेष्ठ रहेका छन् ।
रामेछापमा नव गठित सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ ( RTI) का अध्यक्ष हिमाल ढुङ्गेलले नेपालकाे संविधानमा व्यवस्था गरिएकाे नागरिकको सुचनाकाे हकलाई नागरिक स्तरमा कार्यनयनमा ल्याउन र सुचनाकाे हक सम्बन्धि नागरिक जागरण जस्ता गतिविधि गर्ने हेतुले संस्था गठन भएकाे बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस