धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिका ३ भाङटारका ७० बर्षिय बृद्ध रेवत वहादुर खड्का दुई दिन देखि वेपत्ता भएका छन् । खड्का बिहिबार घर बाट हिँडे देखि फर्केका छैनन् ।
घर बाट एक छिनमा आउछु भनी हिडेका खड्का बेलुका अवेर सम्म घरमा नफर्केपछि परिवारजनले बिहिबार राती देखि खोजिविन थालेका थिए ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति निरोज खड्काका अनुसार बेपत्ता भएका खड्काको हुलिया सहित खोजविनका लागि ईलाका प्रहरी कार्यालय धोविलाई जानकारी गराएको र परिवारजनले खड्काको घर आसपास र जान सक्ने संभावित स्थानमा शुक्रबार विहानै देखि खोजि कार्य राखेका छन् ।
खोजि कार्यमा इलाका प्रहरी कार्यालय धोविडाडाँबाट सुरक्षाकर्मी समेत परिचालन भएका छन् । शुक्रबार बेलुका अवेर सम्म खड्काको अवस्थाका बारेमा कुनै जानकारी नभएको परिवारजनले जनाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस