डडेल्धुरामा जीप दुर्घटना २ महिलाको मृत्यु
डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना हुदा २ महिलाको मृत्युु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ नौलामा लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जीपमा सवार १२ जना मध्ये २ जना महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेहरुकमे जोगबुढा अस्पताल डडेल्धुरामा उपचार भएरहेको छ ।
कञ्चनपुरको दैजीबाट डडेल्धुराको जोगबुढा गइरहेको उक्त बोलेरो जिप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । डडेल्धुरा प्रहरीका अनुसार चालक भने हाम फालेर भागेका छन् । मृतक र घाइतेहरुको परिचय खुलिसकेको छैन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस