खुर्कोट पुल संचालनमा
रामेछाप – असोज १२ गते सुनकोशीको बाढीले बगाएको खुर्कोट पक्किको रामेछाप तर्फको भागमा बेलिब्रीज जडान गरी मंगलबार देखि यातायात संचालनमा ल्याइएको छ । पुल वगेको २४ दिनमा नेपाली सेनाले बेलिव्रिज जडान गरी यातायात संचालनमा ल्याइएको हो ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले खुर्कोट स्थित सुनकोशी नदीमा निर्मित बेलिब्रीजमा यातायातका साधन संचालनको सुभारम्भ गरेका छन् । उनले नेपाल सरकारले छोटो अवधिमानै बेलिव्रीज निर्माण गरेको वताउदै निर्माण कार्यमा सहयोग गरेकोमा नेपाली सेना लगाएतका पक्षलाई धन्यवाद दिए ।
बेलिब्रीज निर्माणमा रात दिन नभनी खटेका उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम ) ले खुर्कोट स्थित सुनकोशी पुल बगेपछि बेलिब्रीज राख्न निर्णय गराउन देखि निर्माण कार्यमा आफु प्रत्यक्ष सम्लग्न भएको वताए । उनले पुल निर्माण कार्यमा सम्लग्न सुरक्षा अधिकारी देखि प्राविधिकहरुलाई सम्मान गरे ।
कार्यक्रममा प्रतिनिधिसभामा नेपाली काँग्रेसका मुख्य सचेतक श्याम घिमिरे, पूर्व सांसद यज्ञ सुनुवार, प्रदेश सभा सदस्यहरु तारानारायण श्रेष्ठ र प्रदिप कटुवाल, एमालेका नेता तथा पूर्व प्रदेश मन्त्री कैलाश प्रसाद ढंगेल, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडेल, नेपाली काँग्रेसका कार्यवाहक सभापति लेखवहादुर कार्की, एमालेका जिल्ला अध्यक्ष पुरुषोतम कडरीया लगाएतले खुर्कोटको पुल निर्माण पछि रामेछापेली नागरिकले राहतको महसुस गरेको वताएका थिए ।

सरकारले यति छोटो अवधिमानै नेपाली सेनालाई जिम्मा दिएर खुर्कोट स्थित सुनकोशीमा बेलिव्रीज निर्माण गरेर उदाहरणीय काम गरेको उनीहरुले वताएका थिए ।
मन्थली नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली सेनाको ब्रिजिङ युनिटका प्रमुख सेनानी नारायण तुम्बाहम्फेले पुल निर्माणको प्राविधिक पक्षमा प्रकाश पारेका थिए । पुलमा बार लगाएतका कार्य बांकी रहेकोले तत्काल गर्नुपर्ने उनले वताएका थिए । उनले खुर्कोटमा निर्मित एकतर्फी बेलिब्रीजमा १५ टन भन्दा माथिका भारवाहन संचालन गर्न नसकिने वताएका थिए । कुल ५१ मिटर लामो उक्त बेलिब्रिज सिन्धुली तर्फ रहेको पुल भन्दा केहि अग्लो रहेको छ । सेनाले त्यसलाई ¥याम्प राखेर संचालन गर्ने गरी निर्माण गरेको हो ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- २ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ३ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
- ४ पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
- ५ टाेल – टाेलमा आयुर्वेद सेवा
- ६ रामेछापका कांग्रेस उमेदवार रामचन्द्रले सुरु गरे डिजिटल सुझाव संकलन’
- ७ निर्वाचनका लागि कांग्रेसले सातै प्रदेशमा खटायाे नेताहरू
- ८ नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने















प्रतिक्रिया दिनुहोस