रामेछाप कप भाेलीदेखि मन्थलीमा सुरु , प्रदेश अर्थमन्त्री काफ्लेद्वारा उत्घाटन गरिने
रामेछाप- तेस्रो रामेछाप कप तथा खुल्ला पुरुष फुटबल प्रतियोगिता भाेलिदेखी मन्थलीमा सुरु हुने भएकाे छ । उक्त प्रतियोगिता कार्यक्रमकाे उत्घाटन बागमती प्रदेशका अर्थ मन्त्री कुन्दनराज काफ्लेले गर्ने कार्यक्रम तय भएकाे आयाेजकले जनाएकाे छ ।
दीपशिखा ब्वाइज युनाइटेड क्लबले आयाेजनामा हुन लागेकाे उक्त प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । उक्त प्रतियोगितामा विभिन्न ९ वटा समुहले भागलिने क्लबकाे अध्यक्ष आशिस कार्कीले जानकारी दिएका छन् । खेल लिक कम नक- आउटकाे आधारमा खेलाइने छ ।
उक्त खेल कात्तिक ५ गते देखि ८ गते सम्म संचालन हुने क्लबका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजेतालाई ३ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेकाे छ भने उपविजेतालाई २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फाइनल खेलमा प्रवेश नगर्ने टिमले ५०–५० हजार प्राप्त गर्ने छन् ।
साथै, म्यान अफ दि म्याच (प्रत्येक खेलमा), बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट खेलाडी, सर्वाधिक गोल कर्तालाई ट्रफि र नगद ५ हजार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस