रामेछाप कप भाेलीदेखि मन्थलीमा सुरु , प्रदेश अर्थमन्त्री काफ्लेद्वारा उत्घाटन गरिने
रामेछाप- तेस्रो रामेछाप कप तथा खुल्ला पुरुष फुटबल प्रतियोगिता भाेलिदेखी मन्थलीमा सुरु हुने भएकाे छ । उक्त प्रतियोगिता कार्यक्रमकाे उत्घाटन बागमती प्रदेशका अर्थ मन्त्री कुन्दनराज काफ्लेले गर्ने कार्यक्रम तय भएकाे आयाेजकले जनाएकाे छ ।
दीपशिखा ब्वाइज युनाइटेड क्लबले आयाेजनामा हुन लागेकाे उक्त प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । उक्त प्रतियोगितामा विभिन्न ९ वटा समुहले भागलिने क्लबकाे अध्यक्ष आशिस कार्कीले जानकारी दिएका छन् । खेल लिक कम नक- आउटकाे आधारमा खेलाइने छ ।
उक्त खेल कात्तिक ५ गते देखि ८ गते सम्म संचालन हुने क्लबका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजेतालाई ३ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेकाे छ भने उपविजेतालाई २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फाइनल खेलमा प्रवेश नगर्ने टिमले ५०–५० हजार प्राप्त गर्ने छन् ।
साथै, म्यान अफ दि म्याच (प्रत्येक खेलमा), बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट खेलाडी, सर्वाधिक गोल कर्तालाई ट्रफि र नगद ५ हजार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस