राष्ट्रपति समक्ष महिला आयोगको प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई पेश गरेकाे हाे ।
सो अवसरमा राष्ट्रपति पौडेलले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिएपनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक छैन भन्नुभयो । “तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस