बाढी प्रभावित माझी बस्तिमा डा. सैयदद्वारा खाद्यान्न सामग्री वितरण
रामेछाप – मन्थली नगरपालिका ६ नवुघाटकाे माझी बस्तिमा डा: मनाेर दिन सैयदले खाद्यान्न सामग्री वितरण गरेका छन् । आइतबार माझी बस्तिका बाढी प्रभावित ६० घरपरिवारलाई उनले खाद्यान्न सामाग्री वितरण गरेका हुन ।

स्वास्थ्य र समाजसेवामा चर्चित डा.सैयदले केहिदिन अघि परेकाे अविरल वर्षाका कारण आएकाे बिनाशकारी बाढीबाट प्रभावित मन्थली नगरपालिका ६ नवुघाटका माझीलाई अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् । उनले खाद्यान्न सामाग्रीमा चामल, दाल, तेल, चिनि, नुन , पिठाे लगाएकाे सामाग्री वितरण गरेका छन् ।

अविरल वर्षाका कारण घर तथा खेत ढुवानमा परेपछि खाद्यान्न अभाव झेल्न बाध्य भएका बाढी प्रभावितहरुलाइ दशैका बेला खाद्यान्न उपलब्ध गराएकाेमा उक्त वडाका कार्यबाहक अध्यक्ष मनाेज थापाले खुसि व्यक्त गर्दै डा: सैयद प्रति आभार प्रकट गरे । त्यस्तै खाद्यान्न सामग्री बुझ्दै बाढी प्रभावित गणेश माझीले खुसी व्यक्त गरे । विरामीकाे उपचारमा व्यस्त डाक्टर बाढी पिडितकाे पीडाकाे समेत मलम बनेका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस