बलेराे दुर्घटनामा परि दुईकाे मृत्यु
रामेछाप – मन्थली नगरपालिका ५ सुनारपानीमा बलेरो दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । आइतबार दिउसाे भएकाे दुर्घटनामा परि एक जनाकाे घटना स्थलमा र एकजनाकाे उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकाे हाे ।
मन्थली नगरपालिका वडा ५ का वडा अध्यक्ष रविन कुमार कार्की अनुसार मृत्युु हुनेमा मन्थलीनगरपालिका ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको हाे उनी मन्थली ४ कि दलित महिला वडा सदस्य समेत हुन् ।
भने दुर्घटनामा गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ बर्षिय दिलिप कुमार बरुवालको उपचारका क्रममा धुलिखेल अस्पताल मा मृत्यू भएकाे छ ।
जिल्ला सदरमुकाम मन्थली बाट सालु तर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप बलेरो आइतबार दिउसो सुनारपानीको भदौरे मोडमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । उक्त दुर्घटना परी गम्भीर घाइते भएका मन्थली ४ का ४२ बर्षिय बलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उचार भैरहेको छ ।
अन्य घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थीत रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
मन्थली बाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालु तर्फ जादै गरेको उक्त वलेरो अनियन्त्रित भई सडक वाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएकाे हाे ।
साेही दुर्घटनामा परि नगर सभा सदस्य एंव वडा नं ४ की दलित महिला सदस्य पदममाया नेपालीको घटनामा परी मृत्यू भएकाे शाेकमा मन्थली नगरपालिकाले शोक विज्ञप्ती जारी गरेकाे छ । उक्त विज्ञप्तिमा नेपालीको निधन प्रति गहिरो दुख प्रकट गर्दै सोमवार नगरपालिकाले शोक विदा दिने उल्लेख गरेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सरोकारवालाले अपनत्त्व लिने शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
- २ अपराधिक गतिविधिमा इन्स्पेक्टर तामाङको कडा निगरानी ठुलै परिणाममा ‘अवैध’ सुन बरामद
- ३ महासंघ रामेछापको बार्षिक साधारण सभा
- ४ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ५ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ६ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ७ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ८ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
प्रतिक्रिया दिनुहोस