पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
रामेछाप – दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्कमा गएकाे पहिराेमा परि मृत्युु हुनेकाे संख्या ६ पुगेकाे छ । गएरातिकाे पहिराेमा परि १८ महिनाकाे बालक सहित ६ जनाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
उक्त पहिराेले लेखर्कका ३ घर बगाएकाे छ भन एक घर पुरिएकाे छ । पहिराेमा परेर ज्यान गुमाउनेहरुमा दाेरम्बा शैलुङ् ३ लेखर्कका ३० बर्षिय चण्डिका श्रेष्ठ , साेही ठाउँकाे १८ महिने बालक आमुष श्रेष्ठ ,साेही ठाउँ बस्ने ५७ बर्षीय उर्मिला पहरी ,३० बर्षीय सन्दिष पहरी,११ बर्षीय सन्ताेष पहरी र १४ बर्षीय बिज्ञान पहरी रहेकाे प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरामा साेही ठाउँकाे ११ बर्षीय अन्जना श्रेष्ठ घाइते भएकी छिन् । उनकाे कम्मर भन्दा मुनिको भाग नचल्ने भएकाे छ भने उपचारका लागि घटना स्थलमा दाेरम्बा स्वास्थ्य चौकीबाट चिकित् आएका छन् । बाकी बेपत्ताहरुकाे खाेजी कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस