पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
रामेछाप – दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्कमा गएकाे पहिराेमा परि मृत्युु हुनेकाे संख्या ६ पुगेकाे छ । गएरातिकाे पहिराेमा परि १८ महिनाकाे बालक सहित ६ जनाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
उक्त पहिराेले लेखर्कका ३ घर बगाएकाे छ भन एक घर पुरिएकाे छ । पहिराेमा परेर ज्यान गुमाउनेहरुमा दाेरम्बा शैलुङ् ३ लेखर्कका ३० बर्षिय चण्डिका श्रेष्ठ , साेही ठाउँकाे १८ महिने बालक आमुष श्रेष्ठ ,साेही ठाउँ बस्ने ५७ बर्षीय उर्मिला पहरी ,३० बर्षीय सन्दिष पहरी,११ बर्षीय सन्ताेष पहरी र १४ बर्षीय बिज्ञान पहरी रहेकाे प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरामा साेही ठाउँकाे ११ बर्षीय अन्जना श्रेष्ठ घाइते भएकी छिन् । उनकाे कम्मर भन्दा मुनिको भाग नचल्ने भएकाे छ भने उपचारका लागि घटना स्थलमा दाेरम्बा स्वास्थ्य चौकीबाट चिकित् आएका छन् । बाकी बेपत्ताहरुकाे खाेजी कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस