बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
रामेछाप – मन्थली नगरपालिका १० चनखुकी एक महिलाकाे खाेलाले बगाएर मृत्यु भएकाे छ । मंगलबार बिहान खाेला तर्ने क्रममा खाेलाले बगाएर महिलाको मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका १० चनखुबाट मन्थली ८ चिसापानीमा रहेकाे खेतमा काम गर्न जादा खाेला तर्ने क्रममा खाेलाले बगाएर महिलाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा मन्थली १० चनखुकी ४५ बर्षीय लाेकमाया श्रेष्ठ रहेकाे प्रहरीले जनाएको छ ।
खाेलाले बगाएकाे श्रेष्ठकाे शव साेही खोलाको कलभर्टमा अड्किरहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस