मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
रामेछाप – रामेछाप सदरमुकाम मन्थली तथा आसपासकाे क्षेत्रमा केहि समययता चाेरीकाे घटना बढेकाे छ । चाेरीकाे घटना बढेसँगै प्रहरीले निगरानी पनि बढाएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा भएकाे पत्रकार भेटघाट कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले केही सकययता जिल्लाकाे विभिन्न स्थानहरुमा चाेरीकाे घटना बढेकाे बताए । यसरी चाेरीकाे घटना दिनप्रतिदिन बढ्दै गएपछि प्रहरीले बिशेष निगरानी सुरु गरेकाे छ । त्यसका लागिविशेष सुरक्षा व्यवस्था मिलाइएकाे उनले बताए । साेही क्रममा एकसाता देखि मन्थली बजारमा थप प्रहरी परिचालन गरेर रातकाे समयमा हिडडुल गर्ने जाे काेहीलाई साेधपुछ गर्ने , संका लागेकाहरुकाे विवरण लिने र संस्कापद व्यक्ती भेटिएमा नियन्त्रणमा समेत लिने गरेकाे प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
त्यसैगरी उनले भने “रातकाे १० बजेदेखी ४ बजेकाे समयमा अनावश्यक हिडडुल गर्ने व्यक्तिहरु माथि संका लागेमा साेधपुछ गर्ने, विवरण लिने ,नियन्त्रणमा समेत लिने गरेका छाै । ” निगरानीका क्रममा बेकसुर भेटिए साेधपुछ पछि छाडिदिने गरेकाे र यसरी निगरानी गर्दा घट्न सक्ने अपराधिक क्रियाकलापमा कमी आउने र अपराध गर्नेहरु पनि सजिलै भाग्न नसक्ने उनकाे भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस