मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
रामेछाप – रामेछाप सदरमुकाम मन्थली तथा आसपासकाे क्षेत्रमा केहि समययता चाेरीकाे घटना बढेकाे छ । चाेरीकाे घटना बढेसँगै प्रहरीले निगरानी पनि बढाएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा भएकाे पत्रकार भेटघाट कार्यक्रममा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले केही सकययता जिल्लाकाे विभिन्न स्थानहरुमा चाेरीकाे घटना बढेकाे बताए । यसरी चाेरीकाे घटना दिनप्रतिदिन बढ्दै गएपछि प्रहरीले बिशेष निगरानी सुरु गरेकाे छ । त्यसका लागिविशेष सुरक्षा व्यवस्था मिलाइएकाे उनले बताए । साेही क्रममा एकसाता देखि मन्थली बजारमा थप प्रहरी परिचालन गरेर रातकाे समयमा हिडडुल गर्ने जाे काेहीलाई साेधपुछ गर्ने , संका लागेकाहरुकाे विवरण लिने र संस्कापद व्यक्ती भेटिएमा नियन्त्रणमा समेत लिने गरेकाे प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
त्यसैगरी उनले भने “रातकाे १० बजेदेखी ४ बजेकाे समयमा अनावश्यक हिडडुल गर्ने व्यक्तिहरु माथि संका लागेमा साेधपुछ गर्ने, विवरण लिने ,नियन्त्रणमा समेत लिने गरेका छाै । ” निगरानीका क्रममा बेकसुर भेटिए साेधपुछ पछि छाडिदिने गरेकाे र यसरी निगरानी गर्दा घट्न सक्ने अपराधिक क्रियाकलापमा कमी आउने र अपराध गर्नेहरु पनि सजिलै भाग्न नसक्ने उनकाे भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस