चोरीको आरोपमा एक भारतिय नागरीक सहित ३ जना पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीको आरोपमा एक भारतीय नागरिक सहीत ३ जनालाई पक्राउ गरेको छ । बिहिबार साझँ मोबाईल र नगद चोरी गरेको आरोपमा उनिहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।
रामेछाप जिल्लाको मन्थली नगरपालीका ४ सालुका सोम बहादुर खत्रीको ओप्पो कम्पनीको मोबाईल र नगद चोरी गरी फरार भएका भारतको बिहार दोस्तिया थाना ७ का ३२ वर्षका तपेश्वर महतो , सर्लाही ब्रम्हापुरी नगरपालीका ६ का ४० वषीकी कुसुम कुमारी र १९ वर्षीकी सुनीता कुमारीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु कवाडी (पुराना सामान) संकलन गर्ने तथा साट्ने काम गर्ने गरेकोे पाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक कौषल न्यौपानेले जानकारी दिए । उनिहरुलाई जिल्ला अदालत रामेछापमा डाँका चोरी मुद्यामा म्याद थपगरी थप अनुसन्धार भइरहेको न्यौपानेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस