थामेमा भीषण बाढी, हिममपाेखरी फुटेकाे आशंका
सोलुखुम्बु – साेलुखुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथीबाट भीषण बाढी आएको छ । शुक्रबार दिउँसो आएकाे भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
पालिकाका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरिएकाे छ । थामे गाउँमा बाढीले क्षति पु¥याएको र दुधकोशी नदीमा पानीको बहाव बढेकाे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए । उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत समेत गराइएको जानकारी दिईन ।
प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइएको छ । स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको एकिन विवरण आउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस