थामेमा भीषण बाढी, हिममपाेखरी फुटेकाे आशंका
सोलुखुम्बु – साेलुखुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथीबाट भीषण बाढी आएको छ । शुक्रबार दिउँसो आएकाे भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
पालिकाका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरिएकाे छ । थामे गाउँमा बाढीले क्षति पु¥याएको र दुधकोशी नदीमा पानीको बहाव बढेकाे प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए । उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत समेत गराइएको जानकारी दिईन ।
प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइएको छ । स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको एकिन विवरण आउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस