सिन्धुलीमा भएकाे बाेलाेरे दुर्घटनामा तीन जनाकाे मृत्यु
सिन्धुली – सिन्धुलीकाे कमलामाई नगरपालिका २ चियावारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान विपी राजमार्गको खुर्कोट खण्डकोमा बाेलाेरराे दुर्घटना हुदा ११ जना घाईते भएका छन ।
गोलञ्जोर गाउँपालिका वडा नं ६ नाकाजोलीबाट तरकारी लिएर सिन्धुलीमाढी तर्फ जाँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको थियो । बोलेरोमा सवार गोलञ्जोर ६ का वडा सदस्य उदय लुङ्गेली मगर र सोहि ठाउँका पृथ्वी भुजेलको घटना स्थलमै मृत्यु भएको हो भने सोहि ठाउँका पवन मर्साङ्गीकाे उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।
घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । पाँच जनाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गम्भिर घाईते दुई जनालाई सिन्धुली अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ भने अन्य घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ । गम्भिर घाईते हुनेमा गाडी चालक टिकाजंग राई र हिमाल परियारलाई धुलिखेल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बजानकारी दिए ।
दुर्घटनामा परि घाईते हुनेहरुमा गोलञ्जोर गाउँपालिका ६ का उदय लुंगेली मगर, मेनुका मगर, जिना श्रेष्ठ, धनमाया वाईवा, लिला मगर, समिना मगर, बन्दना कोईराला, राजन प्रसाद कोईराला र कमलामाई नगरपालिका वडा नं ५ की डम्बर कुमारी कार्की रहेको एसपी काफ्लेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस