नगरपालिकाले सार्वजनिक गरेकाे प्रतिवेदन सच्याउन स्थानियकाे माग

रामेछाप – मन्थली नगरपालिकाले मंगलबार सार्वजनिक गरेकाे ‘घर बहाल कर’ सम्बन्धि प्रतिवेदन चित्तबुझ्दाे नभएकाे भन्दै स्थानियले प्रतिवेदन सच्याउन माग गरेका छन् । बिहीबार मन्थलीका स्थानीय एंव घरधनिहरुले उक्त प्रतिवेदन मान्य नहुने भन्दै सच्याउनु पर्ने माग राखेका हुन ।
घरबहाल कर सम्बन्धि नगरपालिकामा तयार पारेको प्रतिवेदन बाहिरिएपछि घरधनीहरूले विरोध जनाएका छन् । साेही प्रतिवेदन सच्याउन माग गर्दै स्थानियले नगरको ध्यानाकर्षण गराएका छन् ।

नगरले सार्वजनिक गरेकाे प्रतिवेदन सच्याउन माग राख्दै मन्थली नगरपालिका १ काे मुख्य बजार देवकोटा चोक टोल विकास समितिका अध्यक्ष सुरेश उदासको नेतृत्वमा स्थानियहरु नगरपालिकामा डेलिकेशन समेत गएका थिए ।
डेलिकेशनमा गएका स्थानियहरुले नगरले अस्वभाविक घरबहाल कर निर्धारण गरेकाे ,स्थानिय राय सुझाव बिनानै प्रतिवेदन तयार गरेकाे र उक्त प्रतिवेदन वैज्ञानिक एंव व्यबहारिक पनि नभएकाे स्थानिय आराेप लगाएका छन् ।

त्यसैगरी स्थानीयकाे मागलाई सम्बाेधन गर्ने क्रममा नगर प्रमुख लब श्रेष्ठले प्रतिवेदनमा सुधार गर्नुपर्ने कुराहरु केके छन् त्यसमा छलफल गरेर सुधार गर्न तयार रहेकाे बताए ।
नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले नगरपालिका क्षेत्रभित्रका घर, पसल, गोदाम, कारखाना, टहरा, छाप्रा, र जग्गाको समेत वर्गीकरण गरेर (‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’) कर निर्धारण गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस