फर्पुकाे पहिरामा परि ३ जनाकाे मृत्यु
रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुकाे पहिराेमा परि ३ जना किशोरीकाे ज्यान गएकाे छ । बिहीबार साझ आएकाे पहिरोले एउटा घर पुर्दा एकै परिवारका तीन जना किशोरीको ज्यान गएको हाे ।
वर्षासँगै आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा घरमा रहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकालाई पहिरोले पुरेको हाे । साँझ ७ः३० बजेतिर घरमाथिबाट आएकाे पहिरोले घर भत्किँदा उनीहरूलाई पुरेको फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए ।
घटनामा पुरिएका तीनै जनाको शव फेला परेको सुनुवारले जानकारी दिए ।
घटनाको बारे थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह नेतृत्वको टोली घटनास्थल तर्फ गएको भए पनि वर्षाकाे कारण घटनास्थलमा पुग्न नसकेकाे प्रहरीले जनाएकाे छ । उता प्रहरी चाैकी बेतालीकाे टोली केही समय अघि घटनास्थलमा पुगेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस