फर्पुकाे पहिरामा परि ३ जनाकाे मृत्यु
रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुकाे पहिराेमा परि ३ जना किशोरीकाे ज्यान गएकाे छ । बिहीबार साझ आएकाे पहिरोले एउटा घर पुर्दा एकै परिवारका तीन जना किशोरीको ज्यान गएको हाे ।
वर्षासँगै आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा घरमा रहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकालाई पहिरोले पुरेको हाे । साँझ ७ः३० बजेतिर घरमाथिबाट आएकाे पहिरोले घर भत्किँदा उनीहरूलाई पुरेको फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए ।
घटनामा पुरिएका तीनै जनाको शव फेला परेको सुनुवारले जानकारी दिए ।
घटनाको बारे थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंह नेतृत्वको टोली घटनास्थल तर्फ गएको भए पनि वर्षाकाे कारण घटनास्थलमा पुग्न नसकेकाे प्रहरीले जनाएकाे छ । उता प्रहरी चाैकी बेतालीकाे टोली केही समय अघि घटनास्थलमा पुगेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस