गाेकुलगंगामा मालबाहक सवारीसाधन संचालनमा राेक
रामेछाप – गाेकुलगंगा गाउँपालिकाले वर्षा लागेसँगै पालिकाकाे सडकखण्डमा मालबाहक सवारीसाधन संचालनमा राेक लगाएकाे छ । पालिकाले आइतबार सुचाना जारी गर्दै वर्षादको समयावधिभर मालबाहक गाडी संचालन राेक लगाएकाे हाे ।
वर्षादकाे बेला सडक बिग्रिने र सडककाे अवस्था जीर्ण हुने हुदा वर्षादकाे अवधिभर झण्डै ३ महिनाकाे लागि ठुला गाडी संचालनमा रोक लगाएको छ । जिल्लाकाे सदरमुकाम मन्थलीबाट खिम्ती हुँदै गोकुलगंगा गाउँपालिका जोड्ने फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे र १ नम्बर चुचुरे सम्मको पक्की तथा कच्ची सडकमा वर्षादकाे समयमा मालबाहक सवारी साधन चल्दा सडक बिग्रिने भन्दै सवारी संचालनमा रोक लगाएको हो । कच्ची सडक खण्डमा खाल्डाखुल्डी हुने ,हिलाम्मे हुने र पक्की सडक भत्किने समस्या भएकाले गाउँपालिकाले सडकको क्षमता भन्दा बढी लोड भएका गाडी संचालनमा राेक लगाएको सुचनामा उल्लेख छ ।
पालिकाकाे असार ७ गते बसेकाे कार्यपालिकाको बैठकले उक्त सडकमा वर्षादको समय समाप्त नभएसम्म ६ चक्के भन्दा बढीका सवारी साधन संचालनमा रोक लगाउने निर्णय भएसँगै पालिकाले सुचना गरेकाे हाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस