गाेकुलगंगामा मालबाहक सवारीसाधन संचालनमा राेक

रामेछाप – गाेकुलगंगा गाउँपालिकाले वर्षा लागेसँगै पालिकाकाे सडकखण्डमा मालबाहक सवारीसाधन संचालनमा राेक लगाएकाे छ । पालिकाले आइतबार सुचाना जारी गर्दै वर्षादको समयावधिभर मालबाहक गाडी संचालन राेक लगाएकाे हाे ।
वर्षादकाे बेला सडक बिग्रिने र सडककाे अवस्था जीर्ण हुने हुदा वर्षादकाे अवधिभर झण्डै ३ महिनाकाे लागि ठुला गाडी संचालनमा रोक लगाएको छ । जिल्लाकाे सदरमुकाम मन्थलीबाट खिम्ती हुँदै गोकुलगंगा गाउँपालिका जोड्ने फर्पु–नामाडी–बेताली–रस्नालु–ठोसे र १ नम्बर चुचुरे सम्मको पक्की तथा कच्ची सडकमा वर्षादकाे समयमा मालबाहक सवारी साधन चल्दा सडक बिग्रिने भन्दै सवारी संचालनमा रोक लगाएको हो । कच्ची सडक खण्डमा खाल्डाखुल्डी हुने ,हिलाम्मे हुने र पक्की सडक भत्किने समस्या भएकाले गाउँपालिकाले सडकको क्षमता भन्दा बढी लोड भएका गाडी संचालनमा राेक लगाएको सुचनामा उल्लेख छ ।
पालिकाकाे असार ७ गते बसेकाे कार्यपालिकाको बैठकले उक्त सडकमा वर्षादको समय समाप्त नभएसम्म ६ चक्के भन्दा बढीका सवारी साधन संचालनमा रोक लगाउने निर्णय भएसँगै पालिकाले सुचना गरेकाे हाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस