• काेसिस न्यूज
  • उद्योग वाणिज्यद्वारा मन्थलीमा वृक्षाराेपण


    रामेछाप – उद्योग वाणिज्य संघ रामेछापले मन्थलीमा वृक्षारोपण गरेकाे छ । वन डिभिजन कार्यालय रामेछापको आर्थिक सहयाेग तथा मन्थली नगरपालिकासँगकाे समन्वयमा संघले मन्थलीमा शनिबार वृक्षारोपण गरेकाे हाे ।

    मन्थलीकाे आयुर्वेद अस्पताल अगाडिकाे पाखामा विभिन्न जातका झण्डै ५ सय विरुवा राेपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । विभिन्न किसिमकाे प्राकृति प्रकाेप बाढी , पहिराे तथा भूक्षयलाई राेक्न सहयाेग पुर्‍याउने उद्देश्यले मन्थली बजारमा रहेकाे खालि जमिन तथा उजाड पाखामा वृक्षारोपण गरिएको हाे ।

    जिल्ला समन्वय समिति रामेछापकि प्रमुख चिना खड्काकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि खड्काले राेपिएका विरुवाहरु हुर्काउन सके मात्र वृक्षारोपण गर्नुले अर्थ राख्ने बताईन् । उनले वृक्षारोपणका नाममा वर्षेनि बिरुवा राेपिन्छन् तर त्याे बिरुवा हुर्काउने जिम्मेवारी भने कसैबाट पनि पूरा नभएकाे भन्दै उनले विरुवा कति राेपियाे भन्नू भन्दापनि कति हुर्कियाे भन्ने कुराले अर्थ राख्ने बताईन् ।

    त्यसैगरी वृक्षरोपण कार्यक्रममा संघका अध्यक्ष नवीन थापाले वृक्षारोपण गरिएबा बिरुवा हुर्काउनका लागि आवस्यक व्यवस्थापन मिलाउने बताएका छन् ।उनले बिरुवा हुर्काउन हेरालु राख्ने, नियमित पानी हाल्ने र जसरी पनि विरुवाहरु हुर्काउन प्रयत्न गर्ने बताए । त्यस्तै विरुवा हुकार्उन सर्वपक्षीय साथ पाउन सके सहज हुने समेत बताए ।

    वृक्षारोपणमा समन्वय प्रमुख , मन्थली नगरपालिकाका नगर प्रमुख , वन डिभिजन प्रमुख ,प्रहरी प्रमुख ,उद्योग बाणिज्यका पदाधिकारीहरु , पत्रकार , स्थानियहरु , सुरक्षाकर्मी लगाएतल् वृक्षरोपण गरेका थिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस