पत्रकार महिलाको लागि समाचार लेखन सीप विकास तालिम
रामेछाप – क्रियाशील पत्रकार महिला (WWJ) रामेछापले जिल्लामा त्रियाशील पत्रकार महिलाको लागि एक दिने समाचार लेखन सीप विकास तालिम प्रदान गरेको छ । तालिम मन्थली नगरपालिकाको सहयोगमा बुधबार जिल्लाका २१ जना पत्रकार महिलालाई प्रदान गरिएको हो ।
जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाको लागि समाचार लेखन सीपमा अभिबृद्धी गर्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो । तालिम कार्यक्रममा उत्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पत्रकारीतामा निखार ल्याउनका लागि तालिम कार्यक्रमले सहयोग पुग्ने धारणा व्यक्त गरे । त्यसैगरी पत्रकार आफै पनि नयाँकुराको खोजि गर्न र नयाँकुरा सिक्न जागरुक हुनुपर्ने बताए ।
त्यसैगरी तालिम कार्यक्रम समापनमा बोल्दै मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले पत्रकार महिलाहरुको पेशागत क्षमता अभिबृद्धीका नगर सधै सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
तालिममा नेपाल पत्रकार महासंघ रामेछापका पुर्व अध्यक्ष टीका प्रसाद भट्ट , नवराज पथिक ,जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ र प्रेस युनियन केन्द्रीय सदस्य रिता मगरले सहजिकरण गरेका थिए ।

त्यसैगरी तालिमा सहभागि सीता कार्कीले तालिमले समाचार संकलन गर्न ,समाचार लेखन र समाचार सम्पादन गर्न सहयोग पुगेको बताइन । उनले यस अघि समाचार लेखन तथा संकलनमा समेत विभिन्न किसिमको समस्या भोगेको सुनाइन । समाचारको विषय पहिचान गर्न नसकेर समेत सामाचार नलेखेको अनूभव सुनाइन ।
त्यस्तै तालिमकी अर्की सहभागि शर्मीला विशुन्केले पत्रकारीता सिक्दै गरेको नयाँ पत्रकारका लागि तालिम प्रयाप्त नभएको बताइन् । उनले नयाँ पत्रकारका लागि लामो अवधिको तालिमको आवस्यक पर्ने बताएकी हुन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस