नेपाल पत्रकार महासंघको महाधिवेशन स्थगित
काठमाडौ – नेपाल पत्रकार महासंघको यही जेष्ठ २६ गते हुने भनिएको २७ ओैं महाधिवेशन स्थगीत भएको छ । ताेकिएकाे मितिमा निर्वाचन हुन नसक्ने भनि महासंघका अध्यक्ष विपुल पाेखरेलले एक विज्ञप्ति जारी गर्दै महाधिवेशन स्थगित भएको जानकारी दिए ।
महासंघकाे मतदाता नामावलीमा आएकाे समस्यालाई कारण देखाउदै यसअघि ताेकिएकाे मितिमा अधिबेशन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । उक्त मतदाताकाे नामावलीमा आएकाे समस्या समाधानकाे पहल भइरहेको हुदा उक्त विवाद समाधान गरेर आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्न सकिने गरि महाधिवेशनकाे मिति तय गर्ने अध्यक्ष विपुल पोख्रेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
महासंघको निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि अध्यक्ष पोख्रेलले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस