सुनापतिमा एकल कन्या भत्ता
रामेछाप – रामेछापको सुनापति गाउपालिकाले अविवाहित एकल कन्या महिलालाई सामाजिक सुरक्षा भत्ता प्रादन गर्ने गरेकाे छ । पालिकाले ५० वर्ष नाघेका अविवाहित महिला र ६० वर्ष नाघेका पुरुषलाई एकल भत्ता दिने गरेकाे हाे ।
पालिकाले ५० वर्ष उमेर भन्दा माथिका अविवाहित एकल महिलालाई र ६० वर्ष नाघेका अविवाहित तथा एकल पुरुषलाई प्रत्येक महिना रु १ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेकाे छ ।
यसरी पालिकाले एकल पुरुष भत्ता आर्थिक वर्ष २०७९/८० देखि प्रदान गर्न सुरु गरिएकाे हाे भने संचालनमा कन्या तथा एकल महिला भत्ता भने आर्थिक वर्ष २०८०- ८१ अर्थात यसै वर्ष देखि प्रदान गरेकाे हाे । यसरी एकल कन्या तथा एकल पुरुष भत्ता हाल पालिकाले ११६ जनालाई प्रदान गरिरहेकाे पालिकाका प्रशाशकीय प्रमुख दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेपालकाे कानुन अनुसार २० वर्ष उमेर पूरा भएपछि विवाह गर्न पाइन्छ । सामाजिक बुझाईका आधारमा सामान्यतया विवाह गर्ने उमेर घर्किदा सम्म विवाह नगरेकालाइ एकल भनेर भन्ने गरिएकाे छ । यसरी एकल जीवन विताइरहेका महिला तथा पुरुषहरुका एकल भत्ता प्रदान गरेर साहारा बन्ने काेसिस गरेकाे पालिकाकी उपाध्यक्ष गिता बिष्टले बताईन । याे रामेछाप जिल्लाकाे हकमा पहिलाे अभ्यास हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस