आगाे लागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुनुपर्छ : प्रजिअ निराैला
रामेछाप – विपद व्यवस्थापन समिति रामेछापको बैठकमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले आगाे लागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छिन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे उक्त बैठकमा प्रजिअ निराैलाले आगाेलागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी हुन ।
साे बैठकमा प्रजिअ निराैलाले सबै पक्ष एंव निकायलाई आ- आफ्नाे क्षेत्रबाट जिम्मेवार बन्न आग्रह गर्दै सामुदायिक बनमा आगाे लगाउने वा आगाे लाग्ने किसिमकाे गतिविधि गर्ने व्यक्तिकाे पहिचान भएमा तत्काल जिल्ला प्रहरी र प्रशासनमा सुचना दिएर सहयाेग गर्न आग्रह गरिन् । प्रजिअ निराैलाले सबै पक्ष चनाखाे र सचेत भए मात्र हुन सक्ने जाेखिम र क्षतिलाई कम गर्न सहयाेग पुग्ने बताईन् ।
यसैगरी बैठकमा सहभागीहरुले आगाेलागिकाे जाेखिम भएकाे क्षेत्रमा रिजब पानी ट्याङ्की बनाउनुपर्ने ,खरकाे छानाे विस्थापित गरेर टिनकाे छानाे फेर्नमा पहल गर्नुपर्ने,आगाे लागि हुनबाट बच्न अपनाउनु पर्ने उपायहरु र आगाे लागेपछि हुने क्षतिका बारेमा संचार माध्यमकाे भरपुर प्रयाेग गरेर नागरिक स्तर सम्म सुचना प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने साथै आगाे लगाउने गतिविधिमा संलग्न ब्यक्तिलाई भएकाे कारबाही सार्वजनिक गर्नुपर्ने सुझाव राखेका थिए ।
उक्त बैठकमा निम्म निर्णयहरु भएका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस