महिला दिवसमा वक्तित्वकला प्रतियोगिता
रामेछाप – मन्थली नगरपालिकाले ११४ ओै अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा वक्तित्वकता प्रतियोगिता गराएकाे छ । बिहीबार पालिकाले नगरभित्रका उद्यमी महिलाहरू बिच वक्तित्वकला प्रतियोगिता गराएकाे हाे ।
नगरले संचालन गरेकाे “नारीमा लगानि सभ्य र समुन्नत समाजकाे थालनी “भन्ने शिर्षकमा भएकाे वक्तित्वकला प्रतियोगितामा ११ जना उद्यमी महिलाहरुले भाग लिएका थिए । प्रतियोगितामा भाग भाग लिएकाहरुमा लघु उद्यमी समुह मन्थली १ की बिनिता श्रेष्ठ प्रथम, लघुउद्यमी समूह मन्थली २ कि प्रमिला न्याैपाने द्वितीय ,दिदी बहिनी महिला बचत मन्थली ९ की सरिता खड्का तृतीय र अविरल महिला जागृत बचत मन्थली २ कि सीमा अधिकारी सान्त्वनाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमश : ७ हजार ५ सय ,५ हजार ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकाे छ, भने प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान नगरपालिकाकी महिला शाखा प्रमुख भगवती तामाङले जानकारी दिइन् ।

कार्यक्रम पालिकाकी उपप्रमुख ईश्वरी बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे भने प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । उक्त कार्यक्रममा पालिकाका प्रशासकीय प्रमुख, मन्थली क्याप्पसका प्रमुख , महिलाहरुद्वारा संचालित विभिन्न संघसंस्था ,महिला स्वास्यस्वयमसेविका तथा संचारकर्मीहरुकाे उपस्थित रहेकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस