लागु ओैषध दुर्वेसनिले विकराल रुप लिदै
रामेछापकाे सदरमुकाम मन्थलीमा लागू ओैषध नियन्त्रण सम्बन्धि छलफलमा जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दिपक काेइरालाले लागू ओैषध दुर्वेसनिले विकराल रुप लिएकाे बताए । उनले आइतबार प्रशासन कार्यालयमा भएकाे छलफलमा यस्ताे बताएका हुन ।
छलफलमा सहायक प्रजिअ काेइरालले जिल्ला प्रशासनमा आउने गरेकाे ओैपचारीक एंव अनाैपचारीक सुचनालाई आधार मान्दै उनले मन्थलीका विभिन्न स्थलहरुमा विद्यार्थी तथा युवाहरु ओैषध दुर्वेसनिमा लागेकाे भन्दै मन्थलीमा लागू ओैषध दुर्वेसनिले विकराल रुप लिएकाे बताए । उनले यस्ताे किसिमकाे दुर्वेसनिमा विभिन्न कारणले विभिन्न वर्ग समुदाय र उमेर समुहका मानिसहरु ओैषध ओैषधकाे दुर्वेसनिमा परेकाे पाइएकाले सबै पक्ष सजक भएर यस्ताखाले दुर्वेसनि न्युनिकरणमा लाग्न नियन्त्रण तथा कारबाहीका लागि प्रहरी प्रशासनलाई सहयाेग गर्न आग्रह गरे ।
त्यसैगरी छलफलमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले लागू ओैषध दुर्वेसनि नियन्त्रण गर्न प्रहरीकाे एक्लाे प्रयास प्रयाप्त नहुने बताए । उनले लागुओैषध प्रयाेग कर्ता, प्रयाेग स्थल , दुर्वेसनिमा लागेकाे संका लागेकाे व्यक्ति र तशि बसेकाे ठाँउकाे जानकारी दिएर प्रहरीलाई सहयाेग गरिदिन आग्रह गरे । त्यसैगरी कार्यक्रममा सहभागीहरुले लाग ओैषध प्रयाेग कर्ताहरु मन्थलीकाे मदनआश्रीत चाेक देखि मन्थली क्याप्पस आसपासकाे क्षेत्र र जिल्ला प्रशासनबाट कृषि विकास बैंक निस्कने बाटाेका स्थानहरमा समेत भेटिने गरेकाे बताएका थिए ।
त्यस्तै सहभागीहरुले लागू ओैषध दुर्वेसनिमा लाग्नेहरु कक्षा ५ देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरु भेटिएकाे बताए । उनीहरुले यस्ता दुर्वेसनिमा बालबालिका लाग्नुकाे कारणहरु अभियानकाे निगरानी कम हुनु, घरपरिवारमा मनमुटाव हुनु, ईन्टरनेट तथा सामाजिक संजालकाे दुरुपयोग गर्नु तथा साथिभाइकाे लहैलहैमा लाग्नु लगाएत थुप्रै कारणहरु हुने भएकाे हुदा कारण पत्ता लगाइ उनिहरुलाई संझाइबुझाई गर्नु पर्नुका साथै लागू ओैषध खरिद विक्रि गर्ने व्यवसायी र प्रयाेग कर्तालाई कानुन बमाेजिम कारबाही समेत गर्नु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, विद्यालयका प्रध्यानध्यापकहरु, सराेकारवाला संघसंस्था प्रमुख, संचारकर्मी लगनएतकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस