• काेसिस न्यूज
  • बालश्रम तथा बालयाैन द्रुव्यबहार सम्बन्धि पत्रकारसँग छलफल


    काठमाडौ – समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका(सिविस)ले बालश्रम तथा बालयौन द्रुव्यबहार सम्बन्धि पत्रकारहरुसँग छलफल गरेकाे छ । बिहीबार सिविसले काठमाडौंमा पत्रकारसँग छलफल गरेकाे हाे ।

    विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुकाे
    सहभागीतामा भएकाे कार्यक्रममा पत्रकार सीता शर्माले  बालबालिकाकाे अवस्था तथा बालबालिकाकाे बिषयमा संचार माध्यमले समेटेको विषयबस्तुहरुकाे बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

    त्यसैगरी अधिवक्ता डा. मधुसुदन न्यौपानेले बालबालिका सम्बन्धी संवैधानिक अधिकार तथा  कानुनी व्यवस्था रका बारेमा जानकारी गराएका थिए भने सञ्चार विश्लेषक विनय गुरागाँइले इन्टरनेटका माध्यमबाट बालबालिका माथि हुने हिंसा, समस्या तथा इन्टरनेटकाे प्रयाेगले हुने फाइदाहरुका बारेमा प्रष्ट पारेका थिए ।

    उक्त कार्यक्रममा सहभागीहरुले बालबालिकाकाे विषयमा अनुसन्धान , विश्लेषणात्मक समाचार तथा सम्पादकीय लेखनमा कमि भएकाे , संचार माध्यमहरुले बालबालिकाकाे विषयलाई प्राथमिकता कम दिने गरेकाे बताएका थिए । त्यस्तै पछिल्लो समय बालबालिकाकाे माेवाइल र ईन्टरनेटकाे पहुचका कारण प्रयाेग गर्न नजानेर पनि बालबालिका अपराधीक कृयाकलापमा संलग्न हुने गरेकाे र यस्ता समस्या न्युनिकरणमा अभिभावकले भुमिका खेल्न पर्ने बताएका थिए ।

    संस्थाकी अध्यक्ष विमला ज्ञवालीले कार्यक्रममा आएका सुझाव र सल्लाहरुलाई संस्थाले आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सुझावहरुले काम गर्न थप प्रेरणा मिल्ने बताइन ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस