वनभोजमा खाना सर्केर रामेछाप नगरप्रमुखका स्वकीय श्रेष्ठको मृत्यु
रामेछाप – रामेछाप नगरपालिकाका कर्मचारीहरूको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ ।
शनिबार नगरका कर्मचारीहरुले रामेछाप नगरपालिका ७ सुकाजोरको तारा खस्यो पोखरीमा आयाेजना गरेकाे वनभाेजमा कार्यक्रममा पुगेका श्रेष्ठलाई खाना खानेक्रममा खाना सर्केकाे थियाे । खाना सर्केपछि श्रेष्ठलाई लामाेे समयसम्म खाेकी लागेर समस्या भएपछि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे ।
अस्पताल पुगेकाे केही समयमै डाक्टरले श्रेष्ठलाई मृत घोषणा गरेका थिए । जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले उनको खाना सर्केर श्वास नलीमा पुग्दा स्वासप्रस्वसमा समस्या भएका कारण उनकाे ज्यान गएको बताए ।
सो घटना पछि नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष समीर कार्की बेहोस भएका थिए । बेहाेस भएका कार्कीकाे भने अवस्था सामान्य रहेकाे डाक्टर श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस