वनभोजमा खाना सर्केर रामेछाप नगरप्रमुखका स्वकीय श्रेष्ठको मृत्यु
रामेछाप – रामेछाप नगरपालिकाका कर्मचारीहरूको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ ।
शनिबार नगरका कर्मचारीहरुले रामेछाप नगरपालिका ७ सुकाजोरको तारा खस्यो पोखरीमा आयाेजना गरेकाे वनभाेजमा कार्यक्रममा पुगेका श्रेष्ठलाई खाना खानेक्रममा खाना सर्केकाे थियाे । खाना सर्केपछि श्रेष्ठलाई लामाेे समयसम्म खाेकी लागेर समस्या भएपछि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे ।
अस्पताल पुगेकाे केही समयमै डाक्टरले श्रेष्ठलाई मृत घोषणा गरेका थिए । जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले उनको खाना सर्केर श्वास नलीमा पुग्दा स्वासप्रस्वसमा समस्या भएका कारण उनकाे ज्यान गएको बताए ।
सो घटना पछि नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष समीर कार्की बेहोस भएका थिए । बेहाेस भएका कार्कीकाे भने अवस्था सामान्य रहेकाे डाक्टर श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस