जलविद्युतले बिना सुचना ड्याम खाेल्दा जलाउदै गरेकाे शव बगायाे

रामेछाप -लिखु २ जल विद्युत् आयोजनाले बिना सूचना ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङमा उक्त जलविद्युतले सुचना नदि ड्याम खाेलिदिला जलाउदै गरेकाे शव बगाएको हाे । भने मलामीहरु हताहत भएका हुन ।
लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा अचानक ड्याम खाेलिदिएपछि आएकाे बाडीले शव बगाएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए । शव लिएर गएका मलामीहरू पनि केही हताहत भएकाे बस्नेतले जानकारी दिए । बस्नेतले भने साझ ६ बजे तिर एक्कासी खोला आयो हामी भागेर माथि आयौँ । जल्दै गरेको शव माथिबाट एक्कासि खोलो बग्यो । अँधेरो भएको कारण साथीहरू कता – कता भागे थाहा छैन । हामी साथीहरूको खोजीमा छौँ उनले भने ।
त्यस्तै घटना स्थलमा किन्जा प्रहरी चौकीका प्रहरी गएकाे र थप जानकारी आउन बाकी रहेकाे जिल्ला प्रहरीले रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस