प्रशासनकाे पत्र बुझ्दै बिनुले ताेडिन अनसन
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा ६ दिनदेखि अनसन बसिरहेकी बिनु यादवले शुक्रबार अनसन ताेडेकी छिन् । श्रीमानकाे घरमा बस्न पाउनुपर्नेे माग राखेर अनसन बसेकी बिनुले अनसन ताेडेकी हुन ।
जिल्ला अदालतले गरेकाे सम्बन्ध बिच्छेदकाे फैसलालाई उच्च अदालत पाटनले उल्टाइ दिएपछि बिनुले आफ्नाे श्रीमानकाे घरमा बस्न पाउने अधिकार भएकाे भन्दै घरमा बस्ने वातावरण बनाउनका लागि प्रशासन माग राख्दै आइतबार देखि अनसन सुरु गरेकी थिइन् ।
अनसनमा बसेकी बिनुकाे माग पूरा गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले यथ्यष्ट प्रयासहरु गर्दा पनि उनलाई श्रीमानकाे घरमा बसाउन समझदारी जुटाउन नसकेकाे सहायक प्रमुख जिल्ला अधिकारी दिपक काेइरालाले पत्र मार्फत बिनुलाई जानकारी दिए । त्यसपछि उक्त पत्र बुझ्दै बिनुले अनसन ताेडेकी हुन् । अनसन ताेड्दै बिनुले भनिन् आवस्यक कागजात जुटाएपछि पुन: अनसनमा बस्ने बताइन् ।
यसअघि उनकाे मागलाई संबाेधन गर्न रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले जनप्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार तथा सराेकारवालाहरुकाे उपस्थितिमा दुबैपक्ष राखेर पटक- पटक सहमतिकाे प्रयास गरेकी थिइन् । उक्त प्रयासहरु असफल भएपछि प्रजिअ निराैलाले थप प्रयास गर्न नसक्ने जानकारी दिएकि हुन ।
जिल्ला प्रशासनले बिनुलाई बुझाएकाे पत्र
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ डब्लुडब्लुजेकाे अध्यक्षमा खड्का
- २ दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन
- ३ पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
- ४ दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता
- ५ फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
- ६ मैले नगरे कस्ले गर्छ रामेछापकाे विकास : आर्थमन्त्री काफ्ले
- ७ बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
- ८ मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
प्रतिक्रिया दिनुहोस