बिनुकाे अनसन अझै जारी
रामेछाप – श्रीमानकाे घरमा बस्नपाउनु पर्ने माग राख्दै आमरण सनसन बसिरहेकी बिनु यादवले मंगलबार पनि अनसन जारी राखेकी छिन् । जिल्ला प्रशासन कार्यालय रामेछापकाे गेट अगाडि अनसनरत बिनुले मंगलबार बिहान सम्म अनसन जारी राखेकी छिन् ।
आइतबार देखि अनसनरत रहेकी बिनु यादव श्रीमानकाे घरमा बस्नपाउनु पर्ने एकसुत्रे माग राखेर अनसनरत छिन । खुल्ला आकाशमुनि आमरण अनसन बसेकी उनकाे स्वास्थ अवस्था कमजाेर बन्दै गएकाे छ । आफ्नो मागप्रती प्रशासनले वेवास्ता गरेकाे भन्दै उनले आक्राेस व्यक्त गरिरहेकी छिन् ।
रामेछापकी प्रमुख जिल्ला अधिकारीले उनकाे माग सम्बाेधनका लागि गरेकाे प्रयासहरु विफल भएका छन् । उनकाे मागका विषयमा उनी र उनकाे श्रीमानसँग पटक-पटक छलफल गर्दा समेत निकास ननिस्केकाे प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले जानकारी दिइन् । अनसनरत बिनुकाे माग पूरा गर्न उनका श्रीमान प्रदिप कठायतले अस्विकार गरेका छन् । यता प्रशासनले बलप्रयाेग गरेर उनकाे माग पूरा गराउदा थप समस्या निम्तिन सक्ने प्रजिअ निराैला बताउछिन् ।
बिनुकाे अनसनप्रति प्रजिअ गम्भीर भएर लागेकाे बताएकी छिन । उनकाे माग संम्बाेधनका लागि उनी ,उनकाे श्रीमान ,सुरक्षा समिति र सराेकारवाहरुसँग आईतबार देखि लगातार छलफल र पहल गरिरहेकाे बताइन् । छलफलबाट प्राप्त रायका आधारमा साेमबार बिनुकाे मागपुरा गर्न गरिएकाे पहलहरुकाे जानकारी गराउदै प्नजिअले अनसन ताेड्न गरेकाे अनुराेध अस्वीकार गर्दै जानकारी पत्र समेत च्यातिदिएकी छिन् ।
बिनुकाे एकसुत्रे माग श्रीमानकाे घरमा बस्न पाउनुपर्छ भन्ने छ भने उनकाे श्रीमान प्रदिपले भने घरमा बस्न दिन अस्विकार गर्दै अदालतलबाट भएकाे फैसला बमोजिम मानाचामल भराउन तयार रहेकाे बताएका छन् ।
यता बिनुले भने अदालतकाे फैसला अनुसार मानाचामल लिन अस्विकार गरेकी छिन । उनी आफ्नाे माग पूरा नभएसम्म अनसन नताेड्ने अडान राखिरहेकी छिन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस