किशोरीलाई जबर्जस्ती करणी गर्ने खिम्तीका कडेरिया पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले १७ वर्षिय किशोरीलाई जबरजस्ती करणी गर्ने अम्बर बहादुर कडेरियालाई पक्राउ गरेकाे छ । लिखुतामाकाेशी गाउँपालिका ६ खिम्तीका २२ बर्षिय कडेरियालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पाैष ३ गते दिउसो खिम्तीकाे डल्ले चौताराको जंगलमा किशोरीमाथि जबरजस्ती करणी गरि फरार भएका कडेरियालाई साेही दिन साँझ प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम पराजुलीले जानकारी दिएका छन् ।
उक्त समयमा किशोरी बिद्यालयबाट घरतर्फ गईरहेको अवस्थामा कडरियाले किशोरीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । पक्राउ परेका कडेरियालाई जिल्ला अदालत रामेछापबाट म्यादथप गरि अनुसन्धान कार्य सरु गरेकाे प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस