अन्तरास्ट्रिय आप्रवासी श्रमिक दिवसमा विविध कार्यक्रम

रामेछाप – मन्थली नगरपालिकाकाे सहयाेगमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र रामेछापले अन्तरास्ट्रिय आप्रवासी श्रमिक दिवसकाे अवसरमा दिपप्रज्वलन कार्यक्रम गरेकाे छ । साेमबार साझ मन्थलीकाे देवकोटा चाेकमा दिप प्रज्वलन गरेकाे हाे ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे प्रमुख आतिथ्यतामा बैदेशिक राेजगारीकाे सिलसिलामा प्रवासमा ज्यान गुमाएकाहरुकाे संझना गर्दै दिपप्रज्वलन गरिएकाे मन्थली नगरपालिकामा संचालित सामी परियाेजनाका प्रमुख दिपक केसिले जानकारी दिए ।
त्यसैगरी दिवसकाे अवसर पारेर सुरक्षीत बैदेशिक राेजगारका लागि पत्रकारकाे भुमिका विषयमा अन्तरक्रिया गरेकाे थियाे । उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले सुरक्षीत वैदेशिक राेजगारका लागि राेजगार मुलक सीप सिकेर जानू पर्ने , जान लागेकाे मुलककाे भाषा तथा नियम कानुनका बारेमा जानकारी लिएर जानू पर्ने बताएका थिए ।
कार्यक्रममा सामी परियाेजनाका कार्यक्रम प्रमुख भाेजराज सुनुवारले वैदेशिक राेजगारमा वर्तमान अवस्था ,अवसर र चुनाैतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रम संयाेजक दिपक केसिले रामेछाप जिल्लाबाट वैदेशिक राेजगारीमा जानेकाे अवस्था ,समस्या , चुनाैती , यसमा गर्न सकिने प्रयास र नगरपालिकाबाट भएका पहलका बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रम मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे । नगरपालिकाले दिवसकाे अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रम संचालन गर्ने गरिहेकाे छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस