अब क्युआर (QR )काेण मार्फत प्रहरीमा उजुरी

रामेछाप – अब क्युआर काेण मार्फत प्रहरीमा उजुरी दिन सकिने भएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भरीका जिल्लाहरुमा गुनासाे तथा उजुरीका लागि क्यूआर (QR) काेडकाे प्रयाेग गर्न सकिने व्यवस्था मिलाएकाे छ ।
नागरिकको सहजता र प्रहरीकाे सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित र पारदर्शी बनाउनका लागि प्रदेशले उक्त काेण प्रयाेगमा ल्याएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक हाेम बहादुर पराजुलीले बताए । नागरिककाे गुनासाे तथा उजुरी क्युआर मार्फत प्रदेश प्रहरी कार्यालय हेटौंडा जाने र उक्त उजुरी कारबाहीका लागि सम्बन्धित जिल्लालाई पठाउने गरि प्रदेश प्रहरी कार्यालयले व्यवस्था मिलाएकाे रामेछापका प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।नागरिककाे थप सुबिधाका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले पनि जिल्लाकाे छुट्टै क्युआर (QR) काेण बनाउने तयारी गरिरहेकाे प्रहरी प्रमुख पराजुलीले बताए ।
नागरिकको गुनासाे तथा उजुरीका लागि बागमती प्रदेश प्रहरी कार्यालयले क्युआर काेण मार्फत डिजिटल प्रविधिकाे सुरुवात गरेकाे छ । उक्त काेण रामेछापमा प्रहरी कार्यालय रामेछापकाे गेट र जिल्लाका ८ वटै स्थानिय तहकाे कार्यालयमा टास गरिएकाे छ ।
यसअघि प्रहरीले विभिन्न स्थानमा नागरिककाे गुनासाे तथा सुझावका लागि उजुरी तथा सुझाव पेटिका राखेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस